सहिद परिवारलाई किन सांसद बनाएन जनमत पार्टीले ?

जनमत पार्टीले सहिद परिवारका सदस्यलाई समानुपातिकमा नसमेटेको भन्दै आलोचना भइरहेको छ । प्रहरी हिरासतमा रहेको बेला मृत्यु भएका राममनोहर यादवलाई जनमत पार्टीले सहिद घोषणा गरेको छ । तर सो पार्टीले सहिद परिवारलाई संसद नबनाएपछि आलोचना भएकाे हाे ।
प्रत्यक्ष वा समानुपातिकबाट राममनोहर यादवका परिवारलाई किन नल्याएको भन्ने प्रश्न उठेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले सहिदकी पत्नीलाई पार्टीले जागिर लगाइदिएको दावी गरेका छन् । सामाजिक सञ्जालमार्फत एक प्रेस नोट सार्वजनिक गर्दै अध्यक्ष राउतले सहिद राममनोहरका पत्नीलाई स्थानीय निर्वाचनको टिकट वा पछि समानुपातिक उम्मेदवारको सूचीमा राख्दा ‘रिस्क’ हुने भएको कारणले नदिएका स्पष्ट पारेका छन् ।
उनले भने, ‘यो पार्टीले थ्रेसहाेल्ड कटाउला कि नकटाउला भरोसा थिएन । थ्रेसहाेल्ड नकटाउने हो भने गरिराखेको सरकारी जागिर पनि जाने, यता पनि केही नपाउने असहज स्थिति हुन आउनेथ्यो । सहिद परिवारबाट राममनोहर यादवको भाइ विष्णु प्रसाद यादव जो जसपाका केन्द्रीय सदस्य पनि हुन् उसको नाम प्रतिनिधि सभा समानुपातिकको मधेशी पुरुष क्लष्टर अन्तर्गत २ नम्बरमा थियो । तर विष्णु प्रसाद यसभन्दा अगाडि गाउँपालिका अध्यक्षमा समेत उठेको तर समयमा निर्वाचन खर्च नबुझाउँदा जरीवानासमेत नतिरेकोले उनको नाम सूचीबाट निर्वाचन आयोगले हटाएकोे समस्या भयाे । '
सहिद परिवारबाट राममनोहर यादवको भाइ बुहारी राधा यादव जो सचिव हुन् । उनको नाम प्रतिनिधि सभा समानुपातिकको मधेसी महिला क्लष्टर अन्तर्गत २ नम्बरमा राखिएको थियो । तर त्यति पर्नलाई समानुपातिकबाट कम्तीमा सात जना निर्वाचित भए पछि मात्र उनको पालो आउँथ्यो, त्यही भएर उनको नाम नपरेको प्रष्ट पारिएको छ ।
लुम्बिनी प्रदेशमा नियमानुसार मधेशी कलस्टरबाट पर्ने सम्भावना थिएन । सो कलस्टर अनुसार पाँचौ स्थानमा मात्र छ । जनमतले त्यहाँ दुई सिट मात्र पाएको छ त्यसमा एउटा खसआर्य र अर्को आदिवासी जनजाति क्लस्टरको भागमा मात्र परेको छ । लुम्बिनी प्रदेशमा पनि उनीहरुको नाम पर्ने सम्भावना नरहेको अध्यक्ष राउतले स्पष्ट पारेका छन् ।
राम मनोहर परिवारका बालबच्चाहरू सबै नाबालिग रहेको कारण कुनै सरकारी लाभका पद ग्रहण गर्ने अवस्थामा नरहेको उनले प्रष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न