तिलोत्तमा महोत्सवमा १५ करोडको कारोबार
रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ बुधबार समापन भएको छ । गत मङ्सिर १५ गतेदेखि सुरु भएको महोत्सवमा १५ करोड आर्थिक कारोबार भएको महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग व्यापार संगठनका अध्यक्ष प्रेम जीएमले जानकारी दिए । उनले पाँच लाख पाँच हजार दर्शक उपभोक्ताले महोत्सवको अवलोकन गरेको बताए ।
महोत्सवको एक कार्यक्रमकोबीच बुधबार समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले अझै पनि सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको गुनासो गरे । उद्योगमैत्री नीति बनाएर राज्यले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो । बैंकहरुले मनोमानी रूपमा ब्याज वृद्धि गर्दा उद्योगीहरू धराशायी हुने अवस्था सृजना भएको पनि उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुली, चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मनिषकुमार जोशी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली लगायतले धारणा राख्दै उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनीहरूले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारको मेला स्थल बनाउन स्थानीय सरकारहरूले मुख्य पहल गर्नुपर्नेमा पनि जोड दिए ।
तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्स र उद्योग वाणिज्य संघ तिलोत्तमाको सहआयोजनामा भएको महोत्सवमा २ सय ४१ स्टलहरू सहभागी रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण