चुकेनी जलविद्युत् आयोजनाको ६० प्रतिशत काम सकियो
जुम्लाको पातारासी गाउँपालिका–१ चुकेनीखोलामा निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम ६० प्रतिशत सम्पन्न भएको छ। आउँदो वैशाख महिनाभित्र बिजुली बाल्ने गरी योजनाको काम भइरहेको जनाइएको छ । अहिलेसम्म विद्युत् गृहको ड्यामसाइडको काम सकिएको छ भने विद्युत् गृह निर्माण र पाइपलाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ ।
अब पावरहाउस लगायतका संरचनाको फिनिसिङको काम मात्र बाँकी छ । अब वैशाख महिनाभित्र बत्ती बाल्ने योजना रहेको चुकेनी विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए। उनलेे भने, 'यो जिल्लाकै गौरवको आयोजना हो। त्यो आयोजनाकाे बजेट ४२ कराेड हो, आयोजनामा गाउॅपालिकाले सबै घरधुरीलाई शेयर लगानीमा समेटेको छ।'
चुकेनी खोलाबाट उत्पादन गरिने ९ सय ९८ किलोवाटको विद्युत् आयोजनामा २ करोड रुपैयाॅ पालिकाले समेत लगानी गरेको छ । ३ हजार ३ सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
उनका अनुसार विद्युत् आयोजनामा कामदारको समेत सेयर लगानी हुनेछ ।१ हजार १ स्थानीयले व्यक्तिगत रूपमा झन्डै ९० लाख रुपैयाँ सेयर लगानी गरेका छन् ।आयोजनाले जुम्लामा देखिएको विद्युत् आपूर्तिको समस्या हल गरी जिल्लालाई नै उज्यालो बनाउने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
-
स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण