प्रचण्ड नेतृत्वको सरकारमा जान्नौँ : सूर्य थापा
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान क्षेत्र नम्बर १ बाट निर्वाचित सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार एमालेले नमान्ने बताएका छन् ।
आज बुटवलमा पत्रकार भेटघाट कार्यक्रमका बोल्दै थापाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व सरकार बन्न नहुने बताएका हुन् । उनले एमालेले प्रचण्डको नेतृत्व कुनै पनि हालतमा मान्न नसक्ने भन्दै बरु नेपाली काँग्रेससँग तालमेल गरेर सरकार जान सक्ने बताए ।
उनले यदि प्रचण्डलाई प्रधानमन्त्री मान्ने एमालेसँग प्रस्ताव आएका त्यसमा आफूले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरे । उनले विगतमा वामपन्थी एकताको नाममा प्रचण्डले पार्टी कब्जा गर्न खोजेकोले अहिले उनीसँग कुनै पनि तालमेल तथा एकता सम्भावना नरहेको जिकिर गरे ।
थापाले अहिले भएको गठबन्धनले देशलाई सही दिशामा लैजान कठिन हुने भएकाले बरु नेपाली काँग्रेस र एमालेले आधा आधा सरकार चलाउन सक्नेमा आफू सहमत रहेको बताए । साना दलहरूको च्याँखे थाप्ने मात्र काम गरेकोले देशको विकासको लागि नेपाली काँग्रेस र एमालेले मिलेर सरकार बनाउनु पर्ने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण