२० महिनामा पनि पूरा भएन तीनसय मिटर सडक
नेपालगञ्ज उपमहानगरपालिका–६ मा तीन सय मिटर सडक निर्माण सुरु गरेको २० महिना भइसकेको छ । तर हालसम्म पनि पूरा हुन सकेको छैन ।
वडा कार्यालयले ल्याएको १८ लाख ४४ हजार लगानीमा नाला बनाउने बजेट पारित भएको थियो । ६ मिटरको सडक निर्माण गर्ने निर्णय सहमति भए पनि उपभोक्ता समितिले मापदण्डविपरीत नाला निर्माण गर्दा बाटो कहीँ फराकिलो कहीँ साँघुरो भएको छ ।
सडकको छेउमा रहेका विद्यालय र घरभन्दा माथि नाला बनाएकाले पानी घरमा पस्ने जोखिम बढेको छ । करिब तीन वर्षअघिदेखि स्थानीयहरुको असहमतिका कारण सडक निर्माण हुन सकेको थिएन । चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले सडकको तहभन्दा माथि नाला बनाएपछि स्थानीयले विरोध जताएका थिए । स्थानीयको अवरोधलाई बेवास्ता गरी नाला निर्माण कार्यलाई अगाडि बढाए पनि बाटो करिब दुई सय मिटर मात्र बन्न सकेको छ ।
नाला निर्माण बोर्डमा नाला कति मिटर बन्ने, कति लामो बन्ने कति चौडाइ बनाउनेलगायतको सूचना उल्लेख गरिएको थिएन । स्थानीयको अनुसार इन्जिनियर, वडा समिति र उपभोक्ता समितिको मिलेमतोमा मापदण्ड विपरीत बाटो निर्माण भएको हो ।
स्थानीय विक्रान्त श्रीवास्तवले नाला निर्माण कार्यको छानबिन गर्न माग गरेको जानकारी दिए । ‘माग पूरा नभए हामी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन्छौं,’ उनले भने । करिब तीन सय मिटर सडकमध्ये अब एक मिटर जति बनाउन बाँकी छ । नाला निर्माण भए पनि नालामाथि ढकनी हालिएको छैन । वर्षामा नालाको पानी उल्टो दिशामा बग्ने भएकाले घरमा पानी पुग्छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण