बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एकजना पक्राउ

शुक्रबार, ०१ पुस २०७९, १८ : १४
शुक्रबार, ०१ पुस २०७९

प्रहरीले नेपालबाट अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेको ढाकाको झोला र पोतेसहित एक जनालाई नियन्त्रणमा लिएको छ  । बिहीबार राति झापाको मेचीनगर नगरपालिका–५ बाट भारततर्फ लाँदै गरेको अवस्थामा अन्दाजी दुई लाख ५० हजार मूल्य बराबरको झोला र पोते बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकका अनुसार अवैध रूपमा निकासी गर्दै गरेको अवस्थामा मेचीनगर नगरपालिका–६ का बाबुल राजवंशीलाई समेत नियन्त्रणमा लिइएको छ । बरामद सामग्रीसहित राजवंशीलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको प्रहरीले जनाएको छ । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप