पेरुमा राजनीतिक सङ्कट : जारी हिंसामा २० जनाको मृत्यु
शनिबार, ०२ पुस २०७९, ११ : ४९

पेरुमा निवर्तमान राष्ट्रपति पेड्रो कास्टिलामाथि महाभियोग लगाएसँगै हिंसा चर्किएको छ । हिंसात्मक प्रदर्शन भइरहेका बेला दुई सरकारी मन्त्रीले आफ्नो पद त्यागेका छन् । सुरक्षाकर्मी र पेड्रो कास्टिलोका समर्थकहरूबीच भएको झडपमा बिहीबार थप आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । योसँगै जारी हिंसामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
यसैबीच, प्रदर्शनकारीहरूले विमानस्थल बन्द गर्न बाध्य पारेपछि हजारौं पर्यटक कस्को शहरमा फसेका छन् । संसदले क्यास्टिलोलाई पदबाट हटाएपछि प्रदर्शन सुरु भएको हो।
पेरु वर्षौंको राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ । पछिल्लो संकट डिसेम्बर ७ देखियो, जतिबेला पूर्वराष्ट्रपतिले कांग्रेस विघटन गरेर र संकटकाल लगाउने तयारी गरे । तर, कास्टिलोको योजना बिफल भयो र संसदले उनलााई महाभियोग लगाउने पक्षमा मतदान गर्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरीले जब आमासँग राजनीति छाड्ने प्रस्ताव राखे...!
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन