शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ऐश्वर्या राईको नक्कली राहदानी विदेशी गिरोहसँग भेटियो, तीन जना पक्राउ

शनिबार, ०२ पुस २०७९, १२ : २२
शनिबार, ०२ पुस २०७९

नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या राईको नक्कली राहदानी बरामद भएको छ । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ। 

उनीहरुले ऐश्वर्या राईको नक्कली राहदानी केका लागि प्रयोग गरे भन्ने बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको नाटक गरेर महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए । यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो। यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेका छन् ।

 ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो । प्रहरी अधिकारी अभिषेक वर्माले मिडियालाई दिएको जानकारी अनुसार नाइजेरियाली अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । तीनै जनालाई ग्रेटर नोएडाबाट पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप