बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगमा आरजु राणा : अबको प्रधानमन्त्री फेरि देउवा नै (भिडियो)

आइतबार, ०३ पुस २०७९, १७ : ४१
आइतबार, ०३ पुस २०७९

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले अब बन्ने नयाँ सरकारमा शेरबहादुर देउवा नै फेरि प्रधानमन्त्री बन्ने बताएकी छिन् । आइतबार निर्वाचन आयोगमा समानुपातिक तर्फको सांसदको प्रमाणपत्र लिने क्रममा सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै राणाले नेपाली कांग्रेसको संसदीय दलको नेता देउवा नै बन्ने र सरकारले नेतृत्व गर्ने दाबी गरिन् । 

उनले भनिन्–‘उहाँ पार्टी सभापति पनि हो, अहिले  गठबन्धनलाई जिताएर आफ्नो पार्टीलाई पनि ठुलो पार्टी बनाउनुभएको छ । अवश्यपनि उहाँ नै उठ्नुहुनेछ ।’ गगन थापालाई अगाडि बढाउने कुरा पनि छ नी भन्ने प्रश्नमा उनले संसदीय दलको चुनावमा गएपछि थाहा हुने उल्लेख गर्दै कांग्रेस प्रजातान्त्रि पार्टी भएकोले जसले पनि संसदीय दलको नेतामा दाबी गर्न पाउने उल्लेख गरिन् । उनले पार्टीमा सहमति गरेर जानेभन्दा पनि प्रतिस्पर्धा गरेर जाने विगतदेखिको प्रचलन अनुसार नयाँ नेतृत्व स्थापित भएर जान प्रतिस्पर्धामा जानुपर्ने बताइन् । देउवाले पनि विगतमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गर्दै पछि आएर स्थापित भएर नेतृत्व गरेको उल्लेख गरिन् । 

उनले प्रधानमन्त्रीका लागि प्रचण्डले दाबी गर्नु स्वाभाविक रहेको भन्दै प्रत्येक पार्टीबाट चुनाव जितेर आउने नेताहरूले दाबी गर्नु सामान्य रहेको उल्लेख गरिन् । उनले भनिन्–‘प्रजातान्त्रिक र पार्टी प्रणालीमा आफ्नो पक्षमा कति संख्या छन् भन्ने पनि महत्त्वपूर्ण हुन्छ । त्यसले नै को प्रधानमन्त्री हुने भन्ने कुरा निर्धारण गर्छ  । धेरै सांसद संख्या र ठुलो पार्टी भएकोले फेरिपनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नुहुन्छ जस्तो लाग्छ ।’

उनले देउवाले नेतृत्व गरेर देशमा के भएको छ र भन्ने प्रश्नमा उनले धेरै विकासको काम भएको उल्लेख गर्दै कागले कान लाग्यो भन्दा कागको पछि कुद्न छोडेर आफ्नै कान समात्न आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप