नेप्से परिसूचक २७ अंकले घट्यो, १ अर्ब १५ करोड बराबरको कारोबार
सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ ।
यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन् ।
बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ ।
आज सबैभन्दा बढी कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी इस्टर्न हाइड्रोपावर लिमिटेडका सेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण