शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमै नेक्सन इभीले ३४७ किमीसम्म रेन्ज निकाल्न सफल

आइतबार, ०३ पुस २०७९, १७ : ०२
आइतबार, ०३ पुस २०७९

नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२२” प्रदर्शनात्मक कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२२ नाम दिइएको सो अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो ।
     
काठमाडौंको सडकमै ३४७ किमीसम्मको रेन्ज निकाल्न सफल काठमाडौँ निवासी सलिम श्रेष्ठ प्रथम भए भने ३३२ किमि रेन्ज निकालेर भरत पुडासैनी र अनिश कावरा दोस्रो हुन सफल भए । त्यसैगरी ३२१ किमी रेन्ज निकाल्न सफल तृप्ति सिंह तथा उदिप न्यौपाने तेस्रो स्थानमा रहे । कार्यक्रममा सहभागी मध्ये १४ जना ले ३०० किमि रेन्ज भन्दा बढी निकालेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप