लुम्बिनी प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न पर्यटन विकास परिषद् र नाथमबीच सम्झौता
प्रदेशका पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान, प्रचारप्रसार, जनशक्ति उत्पादन र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद् र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता भएको छ । नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषद्का कार्यकारी निर्देशक रामु जोशीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
परिषद्ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रचारप्रसार, प्रवर्द्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरू चलाउँदै आएको छ । लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरूको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरी सञ्चालन गर्ने तयारीमा रहेको परिषद्का कार्यकारी निर्देशक जोशीले बताए । नाथम र परिषद्बाट व्यवसायको गुणस्तर विधि, स्थानीय रूपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन व्यवसायको प्रवर्द्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको कामसमेत गर्ने गरी सम्झौता भएको उनले बताए ।
पुस महिनामा रुपन्देही, बर्दिया, बाँके र पाल्पा जिल्लामा पर्यटन व्यवसायलाई लक्षित गरी तालिम सञ्चालन गर्ने तथा थप कार्यक्रमहरू तय भएको जोशीले बताए । प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानीय रोजगार उत्पादनमा विशेष जोड दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
-
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
-
विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख
-
बीमा दाबी भुक्तानीमा समस्या भए उजुरी दिन प्राधिकरणको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण