अस्मिता र आनन्दले नयाँ वर्षमा आगन्तुक रिसोर्टमा दर्शक नचाउने
पछिल्लो समयकी हिट गायिका अस्मिता अधिकारीले बनेपामा दर्शक नचाउने भएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगन्तुक रिसोर्ट बनेपाको आयोजनामा हुन लागेको ‘न्यु इयर इभ इम्फोनी’ कार्यक्रममा मार्फत उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् ।
आगन्तुक रिसोर्ट प्राङ्गणमा भव्य सजावटका साथ आयोजना हुने कार्यक्रममा गायिका अधिकारीले तिम्रो मायाले, बुलेट बाइक, चौबन्दीमा सजाको, तिमी सँगसँगै हिँड्न, तिमीलाई हेरी हेरी लगायत आफ्ना दर्जनौ हिट गीत प्रस्तुत गर्ने छिन् ।
कार्यक्रममा लोकप्रिय गायक आनन्द कार्कीको समेत सांगीतिक प्रस्तुति रहेको छ । गायक कार्कीले कार्यक्रममा जनम जनम जिउलासँगै, यी हल्लाहरु हुन्, लाग्छ मन हेरिरहुँ, फेरि तिम्रो याद आयो, भरे आउँछु सपनीमा पर्खि राख है लगायतका नयाँ तथा पुराना हिट गीत र गजल मार्फत दर्शक रिझाउनेछन्
३१ डिसेम्बर साँझ आयोजना हुने कार्यक्रममा गीतसंगीतको अलवा विभिन्न आकर्षक अन्य प्रस्तुति पनि रहनेछ । अंग्रेजी नयाँ बर्षलाई हर्सउल्लासका साथ स्वागत गरौ, सबैलाई सांगीतिक मनोरञ्जन दिलाउ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आगन्तुक रिसोर्टका रेसिडेन्ट म्यानेजर विमल पौड्यालले जानकारी दिए ।
‘सांगीतिक कार्यक्रमको अलवा हामीले नयाँ बर्षमा हाम्रो रिसोर्टमा आउने ग्राहकका लागि भनेर स्पेशल प्याकेज पनि बनाएका छौं’, म्यानेजर पौड्यालले भने ‘प्याकेजमा सहभागी ग्राहकले रुमको अलवा केही स्पेसल परिकार, फ्रि ड्रिङ्स लगायतका विभिन्न सुविधा र सांगीतिक मनोरञ्जन लिन सक्नेछन् ।’ प्याकेज कार्यक्रममा सहभागी ग्रहकका लागि भनेर कार्यक्रममा सुरक्षा लगायत विभिन्न सुविधाको ध्यान समेत राखिएको पौड्यालकाे भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण