शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाको राजदूत नियुक्त

मङ्गलबार, ०५ पुस २०७९, ०९ : ३४
मङ्गलबार, ०५ पुस २०७९

अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री तथा अस्ट्रेलियन लेबर पार्टीका नेता केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । 

केभिन रुड अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् । उनी  २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए । 

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् । चीनसँग निकट रहेका रुडलाई अमेरिकी राजदूत नियुक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप