लैनचौरमा शेखर र गगनबीच छलफल जारी, ११ बजे सामूहिक बैठक बस्दै

नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।
लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।
इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । अनामनगरको एक होटलमा ११ बजे बैठक बस्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।
कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार छन् भने इत्तर पक्षबाट अहिलेसम्म थापा र कोइराला दुई जना दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री