खोटाङ आगलागीबाट लगभग ५ करोडको क्षति
मङ्गलबार, ०५ पुस २०७९, १६ : ३८
प्रदेश १ खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा भएको आगलागीबाट लगभग ५ करोडको क्षति भएको अनुमान गरिएको छ ।
दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेर नस्ट भएको थियो । प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार आगलागीबाट त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालय समेतमा पूर्ण र आंशिक गरी ४ करोड ९९ लाख ३३ हजार मूल्य बराबरको क्षति भएको हो ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आगलागीको घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आगलागीले मानविय क्षति नभए पनि भौतिक संरचनाका साथै विस्तारित बजार क्षेत्रलाई क्षति पू¥याएको बताएका छन् । उनले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण