विराट एक्स्पो सञ्चालन हुने अवधि ४ दिन थपियो
विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ ।
एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुलेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।
यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म एक्स्पो आयोजना हुने जनाइएको थियो । एक्स्पोमा दैनिक जसो अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । एक्स्पोका सहभागी कम्पनीहरूले आफ्ना उत्पादनमा छुटको व्यवस्था गरेका छन् । छुट तथा विभिन्न आकर्षक अफरहरूका कारण एक्स्पो भ्रमणका लागि आउने आगन्तुक तथा उपभोक्ताहरू प्रदर्शनीमा राखिएका उत्पादनहरू खरिद गर्न उत्साहित देखिएका छन् ।
एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । बुधवार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता : औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिने छ ।
त्यसैगरी, दैनिक सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ । बुधबार विराट एक्स्पो सिगिङ आइडल प्रतियोगिताको फाइनलका साथै र्‍यापर डंग र गायीका इन्दिरा जोशीको प्रस्तुति रहेको छ । साँझमा हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखनीय उपस्थिति हुने गरेको छ ।
दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण