ज्येष्ठ सांसद जबराले आज राष्ट्रपतिबाट शपथ लिने

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ८१ वर्षीय पशुपति शमशेर जबराले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयले जबरालाई आज दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।
संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण गर्न ज्येष्ठ सदस्य छनोट गरेको थियो । संघीय संसद सचिवालयका अनुसार राणा ८१ वर्ष १० दिनको रहेको ठहर भएको हो । नागरिकता अनुसार माओवादीका महिन्द्र राय यादव देखिएपनि उनको नागरिकतामा त्रुटी रहेको भन्दै सपथ खुवाउन यादवले अनिच्छा गरेपछि राणा ज्येष्ठ सदस्य ठहर भएका हुन् । यादवले नागरिकतामा जन्म मिति सच्चाउन निवेदन दिए पनि नसच्चिएको बताउँदै आएका छन् ।
सांसदहरुको जन्म मितिका आधारमा जबराको नाम राष्ट्रपति कार्यालयमा सोमबार पठाएपछि सोही अनुसार आज शपथको मिति तोकिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारीले जानकारी दिए । राणाले आज राष्ट्रपतिबाट शपथ लिएपछि बिहीबार अन्य सदस्यलाई संसद भवन नयाँ वानेश्वरमा शपथ गराउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा
-
बाँकेमा धमाधम काम गर्दै भूमि आयोग
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था