मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको भृकुटीमण्डपमा जुत्ता-चप्पल मेला

बिहीबार, ०७ पुस २०७९, ०६ : ५७
बिहीबार, ०७ पुस २०७९

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्याति प्राप्त ब्राण्डहरुले बृहत जुत्ता चप्पल मेला २०७९ आयोजना गरेका छन् ।

जाडो महिनालाई लक्षित गरि  आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढ्न थालेको छ । सस्तो सुलभ, लगाउन हल्का, लचकदार  नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको  रोजाइमा नेपाली जुत्ता चप्पलहरु परेको आयोजकको दाबी छ । 

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले  चप्पल मेला आयोजना गरेका हुन् । ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’, प्रसाईले बताए ।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका कुरा मेला आयोजकले बताउने गरेका छन् । 

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाइ छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप