स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी संचालन
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले काठमाडौंमा करेस्पोण्डेन्ट बैंकिङ्ग (सिबि) एकेडेमी संचालन गरेको छ ।
कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । मिश्रले करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी मार्फत आफ्नो विश्वव्यापी सम्बन्ध र अनुभवको बारेमा नेपालका बैंकिङ्ग उद्योगलाई जानकारी प्रदान गरेकोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सिसिआइबि, क्लाइन्ट कभरेज, एशियाका क्षेत्रीय सहप्रमुख हेइडी तोरिबायोले एएमएल-सिएफटि जोखिमहरूबाट वित्तीय प्रणालीलाई जोगाउनु पर्नेमा जोड दिए ।
मन्तव्यको क्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यी सत्रहरुले वित्तीय आपराधिक जोखिमहरू विरुद्ध लड्नका लागि विश्वव्यापी उत्कृष्ट अभ्यासहरु आदान प्रदान गर्दै नेपाली बैंकिङ्ग क्षेत्रमा योगदान प्रदान गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण