वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष नियुक्त
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् ।
प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१) बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि पाँच वर्षसम्म रहने जनाइएको छ ।

प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप(दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्राडा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायणराज भट्टराईलाई सञ्चालक परिषद सदस्यमा मनोनीत गरेका छन् । उनीहरूको कार्यकाल पुस ६ देखि चार वर्षका लागि रहने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण