कर्णालीमा कांग्रेस संसदीय दलको उम्मेदवार बन्न २५ हजार तिर्नुपर्ने, शनिबार निर्वाचन
कर्णालीमा नेपाली कांग्रेस संसदीय दलको उम्मेदवार बन्नका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दल नेताका लागि निर्वाचन हुने भएको छ ।
त्यसका लागि उम्मेदवारले २५ हजार तिर्नुपर्ने छ । निर्वाचन समितिका संयोजक कृष्ण बहादुर रोकायका अनुसार शनिबार बिहान ९ देखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका बनाइएको छ । कार्यतालिका अनुसार शुक्रवार ८ गते बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने छ भने सोही दिन दिउँसो १२ बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।
शुक्रवार दिउँसो ३ः३० बजे उम्मेदवारका लागि दरखास्त गर्ने कार्यतालिका रहेको छ भने उम्मेदवारको नाम फिर्ता लिने समय बेलुका साढे पाँच बजे तोकिएको छ । शुक्रवार बेलुकी ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने शनिबार मतदान र मतगणना गरिने छ । कर्णालीमा संसदीय दलको लागि बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजिवबीक्रम शाह मैदानमा उत्रिएका छन् । शाही–शाह दुवै कांग्रेसभित्र संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण