प्रदेश १ का सिंचाइमन्त्री राईले दिए राजीनामा
बिहीबार, ०७ पुस २०७९, १६ : १०
प्रदेश नम्बर १ का खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री रामकुमार राईले राजीनामा दिएका छन् । खोटाङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका उनले संघीय सांसदको शपथग्रहण गर्नुभन्दा एक दिन अगाडि नै राजीनामा दिएका हुन् ।
२०७८ कार्तिक १६ राजेन्द्रकुमार राई मुख्यमन्त्री नियुक्त भएपछि खोटाङका राईलाई २०७८ माघ २३ गते खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त गरेका थिए । राईले खोटाङबाट एमाले नेता विशाल भट्टराईलाई पराजित गरेका हुन् । भट्टराईले २८ हजार ६८२ मत ल्याउँदा राईले ३१ हजार ३५१ मत ल्याएर विजयी बनेका हुन् ।
उनले हिजो नै मुख्यमन्त्री राजेन्द्रकुमार राई समक्ष राजीनामा दिएको मन्त्री राईका स्वकीय सचिव जीवन राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण