दक्षिण एशियामा सरकार चलाउन भन्दा गाह्रो क्रिकेट चलाउन छः अध्यक्ष चन्द
पहिलो संस्करणको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएका छन् । शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो ।
प्रतियोगिताको उपविजेताले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपैयाँ पुरस्कार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने क्यानले जनाएको छ । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउनेछन् ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिवारबाट शुरु हुनेछ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीहरुलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टि २० को आयोजना गरिएकाले लिग पूर्ण रुपमा सफल हुने बताए ।
उनले दक्षिण एशियाका देशहरुले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको पनि बताए । उनले व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु दिन नहुने बताए । उनले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेकाले त्यसलाई सफल बन्न दिन नहुने पनि बताए ।
उनले भने, ‘खेलाडीहरुलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टि २० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो । एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ । सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठिक छैन, क्रिकेट शुभचिन्तकका लागि । व्यक्तिवादी स्वार्थका लागि क्रिकेटमा असर पर्नु हुँदैन । प्रतियोगिता भोलिदेखि शुरु हुन्छ नै । क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन् । दक्षिण एशियामा सरकार चलाउनु भन्दा गाह्रो क्रिकेट चलाउन छ । हो पनि मैले देखिरहेको पनि छु । गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ ।’
नेपाल टी–२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी रहनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा शनिवार पोखरा एभेन्जर्स र काठमाडौं नाइटसँग प्रतिष्पर्धा गर्नेछ । शनिवार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण