सुर्खेतमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गाडी शुक्रबार पञ्चपुरी नगरपालिका–२ सिरी चौरमा दुर्घटनामा परेको हो।
घाइते हुनेमा पञ्चपुरी नगरपालिका–८ बस्ने ५६ वर्षीय जनक देव गिरी, दैलेखमो नौमुले गाउँपालिका–३ का १६ वर्षीय हिमा सलामी मगर, जुम्ला चन्दननाथ गाउँपालिका–८ बस्ने २० वर्षीय बसन्ती धरला रहेका छन् । यस्तै पञ्चपुरी नगरपालिका–२ का २७ वर्षीय धनिराम रेग्मी, वडा नम्बर ५ का ३४ वर्षीय नन्दा शाही र दैलेख भैरवी गाउँपालिका–२ का ६८ वर्षीय मुना पुरीको ढाँडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
पञ्चपुरी–५ बाबियाचौरबाट सुर्खेतका लागि छुटेको काँक्रेबिहार समितिको कर्णाली प्रदेश ०२००१ ख ०१६१ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गाडी सडकबाट २ मिटर तल बायाँ साइटमा पल्टिएको थियो । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्र सालकोटमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण