जुम्लाको रारा गाउँमा खानेपानीको अभाव
जुम्लाको तिला गाउँपालिका–१, रारा गाउँमा खानेपानीको अभाव भएको छ । ४३ वर्ष अघि बनेको दुम्कली खानेपानी आयोजनाको मुहान सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको स्थानीयवासी बताउँछन् ।
रारा गाउँभन्दा तल तिला नदी छ । तर नदीमा पिउन योग्य पानी बग्दैन । गाउँ छेउबाटै बग्ने नदीको पानी खेर गइरहे पनि यहाँको खेतीयोग्य भूभागमा सिंचाईको समेत समस्या छ ।
स्थानीयवासी धनराज रावतका अनुसार गाउँमा पानीकै समस्याले गर्दा स्कुले विद्यार्थीको पढाइमा समेत बाधा पुग्ने गरेको छ । गाउँमा चार वटा धारा भए पनि दैनिक दुई घण्टामात्र पानी आउँछ । पानी आउने बेलामा घर–घरबाट धारामा लाइन लाग्न जानुपर्ने बाध्यता छ । ‘कयौं बालवालिकाले पानी भर्नकै लागि विद्यालय छुटाउँछन्,’ रावतले भने, ‘यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्य भन्दा पनि घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्छ ।’
पानीको लाइनमा बस्दा बस्दै गृहकार्य गर्न समय नै नहुने सीता माध्यमिक विद्यालयमा अध्ययनरत उषा बुढाले बताइन् । संघीय खानेपानी आयोजनाले चालु आर्थिक वर्षमै खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेको तिला–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताए । रारा गाउँ क्षेत्रमा वन जंगल नहुँदा पानीका मुहान छैनन् । छिमेकी वडाबाट पानी ल्याउनु बाहेक विकल्प नभएको उनले जनाए । उनका अनुसार यो गाउँका लागि बृहत खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गरेका कारण आयोजना सम्पन्न हुन नसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण