गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन
नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ ।
संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् । कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् ।
त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् । सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रबार देखि नै सुरु भएको छ ।
यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दाबेदार ठानिएको छ । यद्यपि सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दाबेदार छन् । संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दाबेदार हुन् । अर्का नेता महेन्द्रध्वज जिसीको पनि दाबी छ । यद्यपि निर्वाचनमै गए दुई जना मात्रै प्रतिस्पर्धी हुने बताइन्छ । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण