सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

वर्षौंपछि पाल्पा रामपुरबासीले पाए लालपुर्जा

शनिबार, ०९ पुस २०७९, ११ : ३४
शनिबार, ०९ पुस २०७९

पाल्पाको रामपुरमा जग्गा भोगचलनको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । वि.सं. २०५६ पछि अहिले रामपुरको बजार क्षेत्रमा लालपूर्जा वितरण गरिएको हो ।

रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई १ सय ३ लालपूर्जा शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय लालपुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गरे । 

राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित जग्गाको पुर्जा वितरणको शुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीब्रता दिइने बताए । अध्यक्ष गैह्रेले विभिन्न समस्याका बाबजुद १०३ लालपूर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने उल्लेख गरे ।

राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अव्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निर्क्योल गरी पुर्जा दिने तयारी भएको बताइएको छ । साथै आयोगसँग सम्झौता गरेका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए ।

लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदसम्म हल भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप