बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीद्वारा २० लाख बराबरको अवैध सामान बरामद

शनिबार, ०९ पुस २०७९, १५ : १८
शनिबार, ०९ पुस २०७९

झापा प्रहरीले २० लाख बराबरको अवैध सामान बरामद गरेको छ । शनिबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याइएका १९ पोका कपडा र २ पोका गाडीका पार्टपुर्जा बरामद गरेको हो । बरामद सामान २० लाख बराबरको रहेको प्रहरीको भनाई छ  ।

प्रहरीले ती सामान झापाको मेचीनगर नगरपालिका ८ खडियाबस्ती स्थित सडक छेउको गाइ गोठबाट बरामद गरिएको जानकारी दिएको छ । ती सामान मेची भन्सार कार्यालयमा बुझाइएको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप