एमाले, माओवादी, राप्रपा र जसपाको सुविधाजनक बहुमत, को बन्ला मुख्यमन्त्री ?
संघीय सरकार निर्माणमा एमाले नेतृत्वको समीकरण बनेसँगै प्रदेश १ मा सोही राजनीतिक दलको सुविधाजनक बहुमत रहेको छ । यद्यपि प्रदेश १ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको टुंगो लगाउन केन्द्रमा एमाले–माओवादीलगायतका दलबीच सहमति भइसकेको छैन । प्रदेश १ मा सबैभन्दा ठूलो दल रहेको एमालेसँग ४० सांसद छन् । माओवादी केन्द्रसँग १३, राप्रपासँग ६ र जसपासँग १ सांसद छन् । सबै सांसदको संख्या जोड्दा ६० पुग्छ । ९३ जनाको प्रदेशसभामा बहुमतका लागि ४७ जना भए पुग्छ ।
उता, नेपाली काँग्रेससँग २९ र नेकपा एससँग ४ जना सांसद गरी ३३ जना रहेका छन् । नेकपा एसले सरकारमा जाने नजाने भन्ने विषयमा निर्णय गरिनसकेको र सरकारमा जाने निर्णय गरेको खण्डमा प्रतिपक्षीमा काँग्रेस एक्लै हुने सम्भावना छ ।
यस्तै प्रदेश १ मा निर्णायक सांसदको रुपमा रहेकी जसपाकी सांसद निर्मला लिम्बूको महत्व पनि अब घट्ने भएको छ । यसअघि सत्ता पक्षमा रहेका काँग्रेस, माओवादीलगायतसँग ४६ हुँदा एमाले र राप्रपासँग पनि सांसद संख्या ४६ थियो । दुवै पक्षले आ–आफ्नो ढंगले सरकार बनाउने प्रयास गर्दा जसपाकी सांसद लिम्बू निर्णायक बनेकी थिइन् । एमाले र माओवादीले सत्ता सहकार्यमा जाने निर्णय गरेसँगै उनको निर्णायक स्थान पनि गुमेको छ ।
को होला मुख्यमन्त्री ?
नेकपा एमालेले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन गरेको छ । कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री पनि हुन् । एमालेले प्रदेश १ को मुख्यमन्त्री पाउने माओवादीसँग सहमति भए उनै कार्की मुख्यमन्त्री हुने देखिएको छ । माओवादीको भागमा मुख्यमन्त्री पाएको खण्डमा उक्त पार्टीबो इन्द्रबहादुर आङ्बो हुने निश्चित छ । आङ्बो बाहलवाला प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् । माओवादी केन्द्रले भोली आयोजना गरिएको प्रदेशसभा सदस्यहरुको शपथग्रहणको कार्यक्रम सकेर दलको नेता चयन गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले प्रदेश खारेजीको माग गरिरहँदा तपाईंहरूको व्यवहारले उनीहरूलाई बल पुग्दैन ?
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण