सहकार्य र तिक्तताका दुई तस्बिर
आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात' भन्दै प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे।
दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुग्दा प्रचण्ड र हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल 'हामी यहाँ छौँ भन्ने नारा छातीमा टाँसेर माइतीघरमा सडक धर्नामा थिए ।
मल्लले सार्वजनिक गरेको उक्त तस्बिरले अघिल्लो तस्बिरलाई बहसमा ल्याएको छ। तर राजनीतिमा स्थायी शत्रु हुँदैनन् भन्ने मान्यताको तर्कले बहसको अन्त्य वा विषयान्तर गर्न सक्छ। ओली र प्रचण्डको ‘सरप्राइज' भने यो नै पहिलो होइन। राजनीतिका दुई चतुर खेलाडीले २०७४ मा 'सरप्राइज' दिएका थिए । जुन अहिलेको भन्दा बढी रोचक थियो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण