बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेशनल प्याब्सनको  प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

सोमबार, ११ पुस २०७९, ०७ : ४३
सोमबार, ११ पुस २०७९

मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित जेसिज हलमा नेशनल प्याब्सन जिल्ला कार्य समितिद्वारा आयोजित प्रतियोगितात्मक प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । 

उक्त प्रतिभा पहिचानमा माध्यामिक तहको लोक नृत्यमा बेलबारीको गुरुकुल पाठशाला प्रथम हुन सफल भएको छ । त्यसै गरीडेल्टा इङ्लिस स्कुल बेलबारी ४ दोस्रो,  बेथेल एकेडेमी उर्लाबारी ७ तेस्रो, सगरमाथा हिमाल दर्शन सुन्दरहरैचा ३ सान्त्वना भए । जुनियर तर्फ नृत्यमा रेसनल एकेडेमी सुन्दरहरैचा प्रथम,  मोरङ ज्ञानोदय बेलबारी ११ दोस्रो,  सुन्दरबाटिका एकेडेमी सुन्दरहरैचा ७ तेस्रो,  हिमालय इङ्लिस स्कुल, सुन्दरहरैचा १० सान्त्वना भए । 

चित्रकलामा गुरुकुल पाठशाला बेलबारी ३ प्रथम,  हिमालय इङ्लिस स्कुल, सुन्दरहरैचा १० दोस्रो, सुन्दरबाटिका एकेडेमी सुन्दरहरैचा ७ तेस्रो र  सगरमाथा हिमाल दर्शन सुन्दरहरैचा र ग्रिन पिस एकेडेमी  बिराटनगर सान्त्वना भए । विज्ञान परियोजना कार्य प्रतिस्पर्धामा  गुरुकुल पाठशाला बेलबारी ३ पहिलो,  माउण्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ दोस्रो, डेल्टा इङ्लिस स्कुल बेलबारी  ४ ,तेस्रो  र अरिहन्ट इङ्लिस  बोर्डिङ स्कुल बिराटनगर ४ सान्तवना भए । 

माटो कार्यमा माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ प्रथम, निर्मल सिद्धार्थ  इङ्लिस स्कुल मिक्लाजुङ ९ दोस्रो, अरिहन्ट इङ्लिस स्कुल बिराटनगर ४ तेस्रो र मोरङ ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुल बेलबारी ११ सान्तवना भए । अङ्ग्रेजी हस्तकलामा  माउण्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ प्रथम, पिनाकल ज्ञान मन्दिर  कानेपोखरी ४ दोस्रो, निर्मल सिद्धार्थ इ.बो स्कुल मिक्लाजुङ् ९ तेस्रो, सुन्दरबाटिका एकेडेमी, सुन्दरहरैँचा ७ सान्तवना भएका छन् ।   

नेपाली हस्तकलामा माउण्ट हर्मन चिल्ड्रेन एकेडेमी कानेपोखरी ६ प्रथम,  पिनाकल ज्ञान मन्दिर कानेपोखरी  ४ दोस्रो , कीर्तिपुर एकेडेमी पथरी शनिश्चरे तेस्रो तथा गुरुकुल पाठशाला बेलबारी चौथो भएका छन । 

त्यसै गरी वक्तृत्वकलामा मोरङ ज्ञानोदय बेलबारी १ प्रथम , माउन्ट हर्मन कानेपोखरी दोस्रो,सगरमाथा हिमालय दर्शन  सुन्दरहरैँचा तेस्रो तथा डेल्टा इग्लिश स्कुल बेलबारी ४ चौथो भएका छन् । 

प्रतिभा पहिचानको फाइनल कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमला प्रमुख अतिथि रहेका थिए। कार्यक्रम जिल्ला अध्यक्ष सुनिलदत्त अधिकारीको सभापतित्वमा भएको थियो । मोरङ जिल्लाका २९ वटा निजी विद्यालयका जुनियर तथा सिनियर कक्षाका विद्यार्थीहरूले विभिन्न विधामा प्रतिस्पर्दा गरेको आयोजक समितिका जिल्ला सदस्य विनोद फुयालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप