मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, ११ पुस २०७९, २१ : ११
सोमबार, ११ पुस २०७९

आज २०७९ पुस ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद; तीन जना उपप्रधानमन्त्री, देउवा सरकारका मन्त्रीहरु यसरी बिदा भए, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा पदभार ग्रहण, नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने; जसपा अन्योलमा, सरकारलाई राप्रपाको समर्थनमात्र, सत्ताबाट विमुख भएपछि कांग्रेसका प्रदेशस्तरका नेता के भन्छन् ? लगायत छन् ।

१. प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद; तीन जना उपप्रधानमन्त्री
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नयाँ सरकारमा तीन जना उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री, उपप्रधानमन्त्रीसहित मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

२. देउवा सरकारमा मन्त्रीहरु यसरी बिदा भए
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारमा मन्त्रीहरू सोमबार औपचारिक रुपमा विदा भएका छन् । उनीहरूले आफ्नो कार्यकालमा भएका कामबारे संक्षिप्त चर्चासमेत गरेका छन् । मन्त्रालयमा संक्षिप्त कार्यक्रम आयोजना गरी उनीहरू औपचारिक रुपमा बिदा भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप