शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सुष्माको नजरमा स्वस्तिमाको ड्रेस छनोट उत्कृष्ट

मङ्गलबार, १२ पुस २०७९, १० : ५९
मङ्गलबार, १२ पुस २०७९

नेपाली फिल्मका कलाकारहरूको पहिरनप्रति आम मानिसको चासो सधैं रहने गरेको छ । त्यसैले पनि कलाकार सार्वजनिक कार्यक्रममा उत्कृष्ट र फरक पहिरनका साथ देखिने गरेका छन् ।

आम मानिसको रोजाइमा ड्रेस र मेकअपको मामलामा कलाकार फरक फरक मनपर्ने गरेको छ । १५ वर्षदेखि सौन्दर्य व्यवसायमा व्यस्त फेसियल हाउसकी संचालक सुष्मा महरा पहिरनको मामालामा नायिका स्वस्तिमा खड्का सबैभन्दा अगाडि रहेको बताउँछिन् ।

फेसियल हाउसको १५ औं वार्षिकोत्सवमा मिडियासँग कुराकानी गर्दै सुष्माले भनिन्, ‘हामी यही क्षेत्रमा कामगर्ने भएकाले पहिरन र मेकअपमा कसले बढी ध्यान दिएको छ भन्ने थाहा पाउँछौं । यो कुरामा मलाई स्वस्तिमा खड्का अब्बल लाग्छ । मैले उनीसँग काम त गरेको छैन, तर झट्ट हेर्दा पनि थाहा भैहाल्ने कुरा हो यो ।’

त्यसपछि मेकअपमा मोडल तथा नायिका करुणा श्रेष्ठ पनि उनलाई मनपर्छ । सुष्माले भनिन् ‘करुणा श्रेष्ठलाई धेरै मेकअप नै गर्न पर्दैन । थोरै मेकअपमा नै उनी निक्कै राम्रो देखिन्छिन् । उनको मैले कैयौं पटक मेकअप गरेकी छु । उनको थोरै मेकअपमा पनि चाँडै खुल्छ । उनको हाइटदेखि सुन्दरता पनि गाह्रै राम्रो छ । भोलिको दिनमा हेर्ने हो भने पनि करुणाको भविष्य म उज्ज्वल देख्छु ।’

सुष्माले सौन्दर्य व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रो भएको बताइन् । उनले भनिन्–‘जती जति प्रतिस्पर्धा हुँदै जान्छ, उति नै सबैलाई राम्रो गरौँ भन्ने हुन्छ । त्यसैले, मलाई त प्रतिस्पर्धा भएको निकै मनपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप