सुष्माको नजरमा स्वस्तिमाको ड्रेस छनोट उत्कृष्ट
नेपाली फिल्मका कलाकारहरूको पहिरनप्रति आम मानिसको चासो सधैं रहने गरेको छ । त्यसैले पनि कलाकार सार्वजनिक कार्यक्रममा उत्कृष्ट र फरक पहिरनका साथ देखिने गरेका छन् ।
आम मानिसको रोजाइमा ड्रेस र मेकअपको मामलामा कलाकार फरक फरक मनपर्ने गरेको छ । १५ वर्षदेखि सौन्दर्य व्यवसायमा व्यस्त फेसियल हाउसकी संचालक सुष्मा महरा पहिरनको मामालामा नायिका स्वस्तिमा खड्का सबैभन्दा अगाडि रहेको बताउँछिन् ।
फेसियल हाउसको १५ औं वार्षिकोत्सवमा मिडियासँग कुराकानी गर्दै सुष्माले भनिन्, ‘हामी यही क्षेत्रमा कामगर्ने भएकाले पहिरन र मेकअपमा कसले बढी ध्यान दिएको छ भन्ने थाहा पाउँछौं । यो कुरामा मलाई स्वस्तिमा खड्का अब्बल लाग्छ । मैले उनीसँग काम त गरेको छैन, तर झट्ट हेर्दा पनि थाहा भैहाल्ने कुरा हो यो ।’
त्यसपछि मेकअपमा मोडल तथा नायिका करुणा श्रेष्ठ पनि उनलाई मनपर्छ । सुष्माले भनिन् ‘करुणा श्रेष्ठलाई धेरै मेकअप नै गर्न पर्दैन । थोरै मेकअपमा नै उनी निक्कै राम्रो देखिन्छिन् । उनको मैले कैयौं पटक मेकअप गरेकी छु । उनको थोरै मेकअपमा पनि चाँडै खुल्छ । उनको हाइटदेखि सुन्दरता पनि गाह्रै राम्रो छ । भोलिको दिनमा हेर्ने हो भने पनि करुणाको भविष्य म उज्ज्वल देख्छु ।’
सुष्माले सौन्दर्य व्यवसायमा प्रतिस्पर्धा हुनु राम्रो भएको बताइन् । उनले भनिन्–‘जती जति प्रतिस्पर्धा हुँदै जान्छ, उति नै सबैलाई राम्रो गरौँ भन्ने हुन्छ । त्यसैले, मलाई त प्रतिस्पर्धा भएको निकै मनपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण