संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।
जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठकमा बस्न मिल्दैन साथीहरूले गरिहाल्नु हुन्छ नि ।’ संसदीय दलको नेता चयन गर्नका लागि आज ११ बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ भने तीन बजे मतदान हुने समय तालिका तय भएको छ । तर त्यसअघि नै यादवले काठमाडौँ छाडेका छन् ।
यसअघि अध्यक्ष यादवले संसदीय दलको नेता सहमतिमा चयन गर्नका लागि प्रयास गरेका पनि सहमति हुन सकेन । चुनावी प्रकृयामा जानुअघि पनि लागि सहमतिको प्रयास हुने बताइएको छ । अध्यक्ष यादवले भने, ‘आज सहमतिमै संसदीय दलको नेता चयन हुन्छ । संसदीय दलको नेता चयनका लागि संसदमा रहेका पार्टीका नेताहरू छलफलमा छन्, उनीहरूले सहमतिमा टुंग्याउनेमा म विश्वस्त छु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण