सन्दीप लामिछानेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै
बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेको क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने रिट लिएर उच्च अदालत पाटन पुगेका थिए ।
बालिका बलात्कारको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो । तर लामिछानेले आफू थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै उच्च अदालत पाटनमा गत मंसिर २९ गते ७३ नम्बरको रिट लिएर गएका थिए ।
काठमाडौं जिल्ला अदालतले दिएको थुनामा पठाउने आदेश वेरितको रहेको भन्दै लामिछानेले दायर गरेको रिटमा बिहीबार सुनुवाइका लागि क्रम सङ्ख्या ५ मा राखिएको छ । थुनुवाको रिट भएकाले बिहीबार नै सुनुवाइ र आदेश आउने सम्भावना रहेको छ ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेमा लामिछानेले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने हुन्छ । तर उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेमा भने थुनामुक्त रही थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।
गत भदौ ५ गतेको राती र ६ गते बिहान सिनामंगलस्थित एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरिएको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अनुसन्धान गरी काठमाडौं प्रहरीले गत कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो । सो मुद्दामा सुनुवाइ हुँदा कात्तिक १८ गते न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण