लोगो फिर्ता गर्दैनन् पूर्वसांसद
संघीय संसद्का सदस्यले 'लोगो' लगाउन पाउँछन् । 'लोगो' का आधारमा उनीहरूलाई संसद् भवनभित्र प्रवेश सहज हुन्छ । संसद् भवनभित्र प्रवेश गर्दा 'लोगो' नदेखेमा सुरक्षाकर्मीले सोधपुछ गर्न सक्छन् । त्यसैले सांसदले अनिवार्य लोगो लगाएर संसद् भवन प्रवेश गर्नुपर्ने हुन्छ । द्विसदनात्मक संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रियसभा छन् ।
मंसिर ४ मा भएको निर्वाचनपछि नयाँ प्रतिनिधिसभा गठन भएको छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । राष्ट्रियसभा स्थायी प्रकृतिको हुन्छ । ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य फेरिन्छन् । अहिले सांसदका लागि भनेर चार सय 'लोगो' बनाइएको छ । प्रतिलोगोको मूल्य ५६ सय परेको छ । चार सय 'लोगो' बनाउन २२ लाख ४० हजार खर्च लागेको संसद् सचिवालयले जनाएको छ ।
अघिल्लो प्रतिनिधिसभाका सदस्यहरूले लिएका 'लोगो' अझै फिर्ता गरेका छैनन् । राष्ट्रियसभामा दुई वर्षे कार्यकाल र चार वर्षे कार्यकालमा परेर बिदा भएका सांसदले पनि अझै 'लोगो' फिर्ता गरेका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण