७० वर्षे बिर्खबहादुरको काठमाडौं हेर्ने धोको
उमेरले ७० वर्ष कटे। तर अहिले सम्म नेपालकै राजधानी काठमाडौँ पुगेका छैनन्। उनलाई काठमाडौँ हेर्ने असाध्यै ठुलो रहर छ। तर मुगु जिल्लाबाट सहज छैन काठमाडौँ पुग्न। मृत्यु भन्दा अगाडी कम्तीमा नेपालको राजधानी हेर्ने रहर छ मुगु जिल्लाका ७० वर्षीय बिर्खबहादुर बुर्थबालाई। आफू सँग कुनै सिप नहुँदा काठमाडौँ सहित देशका मुख्य सहरमा पुग्ने सपना ७० वर्षसम्म अधुरै रहेको उनको बुझाई छ।
२००८ साल चैत १६ गते मुगु जिल्लाको खच्याड गाउँपालिका को पैसेरी भन्ने स्थानमा जन्मेका बिर्खबहादुरलाई खेती किसानीलेनै आफ्नो ठाउँ छाडेर अन्त घुम्न जाने फुर्सद हुँदैन। २० हल गोरु लाग्ने जमिन आफ्नो भएकाले बाहिर गुम्न जान सक्ने अवस्था नआएको उनको भनाई छ। उसो त मुगु जिल्ला विकट मात्रै छैन गरिबी र अशिक्षा पनि उत्तिकै छ।
मुगु जिल्लाको रारा ताल नजिकै भेटिएका बुर्थबहादुरले आफू काठमाडौँ जान नपाए पनि काठमाडौँ सहित विभिन्न स्थानबाट रारा अवलोकनमा जाने पर्यटकलाई भेट्ने र देख्ने गरेका छन्। अरुको जिल्लामा रेलको बाटो पुग्दै छ रे भन्छन् गीतमा भनेझैँ हाम्रो तिर यही रारा आउने राजमार्गबाहेक अन्यत्र गाडी जाने अवस्था छैन उनले भने।
पाँच छोरा र पाँच छोरी सहित दश सन्तानका पिता बनेका बिर्खबहादुरका केही छोरा काठमाण्डौमा पनि बस्न थालेका छन्। छोराहरू काठमाडौँ बस्न थालेपछि भने बुढेसकालमै भए पनि काठमाडौँ हेर्न पाइनेमा उनी विश्वस्त छन्। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण