लुम्बिनी प्रदेश : जनमत पार्टीका सांसदहरूले मातृ भाषामा शपथ लिने
लुम्बिनी प्रदेशमा जनमत पार्टीबाट निर्वाचित सांसदहरुले मातृ भाषामा शपथग्रहण गर्ने भएका छन् । लुम्बिनी प्रदेश सभा तर्फ निर्वाचित सबै सांसदहरु मध्य दुई जनाले मधेशी (अबधी) भाषामा र एक जना सांसदले गुरुङ भाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।
सबै सांसदहरुले प्रदेश सभा सचिवालयलाई जानकारी गराई आ-आफ्नो मातृ भाषामा शपथ गर्ने तयारी गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्र केश(सीके) गुप्ताले रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशमा जनमतबाट प्रत्यक्षबाट निर्वाचित सदस्यहरू प्रत्यक्षमा चन्द्रकेश (सीके) गुप्ता, समानुपातिक तर्फबाट निर्वाचित सुमन शर्मा रायमाझीले मधेशी (अबधी) र गिता गुरुङले गुरुङ भाषामा सपथ ग्रहण गर्ने तयारी गरेका छन्।
पार्टीका राष्ट्रिय सचिव भोपेन्द्रप्रसाद यादवले संविधान बमोजिम जनमत पार्टीका प्रदेश सभाका सांसदहरुलाई आ आफ्नै मातृ भाषामा शपथ गर्ने व्यवस्था मिलाई दिन प्रदेश सभा सचिवालयका सचिवलाई आग्रह गरेका बताए । लुम्बिनी प्रदेशमा पौष १७ गते दिउँसो १ बजे प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयको पहिलो हाफमा पनि गोल भएन, अर्जेन्टिना–स्विट्जरल्यान्डको खेल अझै बराबरीमा
-
बझाङ जिप दुर्घटना : ६ गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगन्ज लगियो
-
निर्धारित समय १–१ को बराबरीमा सकियो, अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको खेल अतिरिक्त समयमा
-
अस्पतालको बोर्ड फेरेर मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन : महामन्त्री पौडेल
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण