नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको छ : नेता खाँण
बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् । कांग्रेसकै सरकार गठनको चरणमा रहँदा अन्तर्राष्ट्रिय प्रभावले आफूहरूलाई प्रतिकुलतामा पुराएको उनले बताए ।
बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले पार्टीलाई एउटा सुढृण र सक्षम राजनीतिक शक्तिमा रूपान्तरण गर्ने बताए। उनले सरकारमा नहुँदैमा आत्तिनु नहुने बरु सुधार गरेर जानुपर्ने बताए । उनले भने नीति र सिद्धान्तमा केहि कमी छैन,रणनीतिगत हिसाबले कहाँ चुक्यौँ समीक्षा गर्न भने जरुरी छ ।’
उनले मुलुकलाई निकास दिएर, संविधान बचाउन, लोकतान्त्रिक मूल्य पद्धतिलाई झन् बलियो बनाउँदै जनताको हक अधिकारलाई अगाडि बढाउन कांग्रेसले अरु दलसँग हातेमालो गरेको जिकिर गरे । सो अवसरमा नेता खाँणले बिपी बाटिकामा बनाइएको बिपी कोइरालाको अर्ध कदको शालिम समेत अनावरण गरेका छन्।
बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका सभापति युवराज गिरीले प्रतिष्ठानलाई अनुसन्धान केन्द्र बनाइने बताए। कार्यक्रममा कांग्रेस नेताहरू रामकृष्ण खाँण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराई लगायतले बोल्दै बिपी कोइरालाले ल्याएको मेलमिलापको नीति आजको दिनमा पनि सान्दर्भिक रहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण