यात्रुको ‘मलमुत्र’को कारण हङकङ जाने विमान अलास्का पुग्यो
न्युयोर्क । अमेरिकाको शिकागो सहरबाट हङकङका लागि उडेको विमानमा रहेको दुई शौचालय यात्रुको मलमुत्रले भरिँदा अलास्कामा आकस्मिक अवतरण गर्नुपरेको छ । विमानमा २ सयभन्दा बढी यात्रु सवार रहेका थिए ।
युनाइटेड एयरलाइन्सको एक उडानमा एक यात्रुले मत्रमुत्र फैलाएको कारण आइतबार अलास्काको एनकोरेज हवाई अड्डामा अवतरण गर्नुपरेको विविसीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार भियतनामी मूलका एक अमेरिकी नागरिकका कारण यस्तो घटना भएको हो ।
यदपि, विमानमा वास्तवमा के भएको भन्ने आधिकारिकरुपमा हालसम्म खुल्न सकेको छैन ।
एनकोरेज विमानस्थलका प्रहरी प्रवक्ता लेफ्टिनेन्ट जोई गामाचेले भने, ‘हामीलाई एक यात्रुले बाथरुममा मलमुत्र फैलाएको खबर आएको थियो ।’
२२ वर्षीय यात्रुको नाम सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार यात्रुले जाँचमा पूर्णरुपमा सहयोग गरिरहेको छ र उनीविरुद्ध कुनै आपराधिक गतिविधिमा संलग्न भएको पाइएको छैन ।
यात्रुलाई एनकोरेज विमानस्थलमा उतारेर प्रहरीले हिरासतमा लिएको थियो ।
उनलाई सोधपुछ पछि थप जाँचका लागि मानसिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
युनाइटेड एयरलाइन्सले २४५ यात्रुका साथ युए ८९५ ले उडान भरेको तर एक यात्रुको कारण निर्धारित रुटमा परिवर्तन गर्नुपरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण