तीन सहरका नेपथ्यकाे प्रस्तुति
काठमाडौं –स्थापनाको रजतमहोत्सव मनाउँदै गरेको नेपथ्यले अब यसै अवसरमा मुलुकका तीन सहरको सांगीतिक यात्रा गर्ने भएको छ ।केहि समयअघि मात्र काठमाडौं, पोखरा र बुटवलका दर्शकहरु सामु प्रस्तुत भएको ब्याण्डले आफ्नो २५ औं वर्ष मुलुकका अन्य भागका संगीत प्रेमीसँग मनाउने भएको छ ।
यसै क्रममा पुस २८ गते झापाको दमकबाट सुरु हुने यो यात्रा माघ १ गते नारायणघाट हुँदै माघ ४ गते भैरहवा पुगेर सकिनेछ । मुलुकको पूर्वी, मध्य र पश्चिम भागको प्रतिनिधित्व गर्ने यी सहरहरुको यात्राका लागि ब्याण्डले नयाँ पुराना गीतहरुको अभ्यास सुरु गरिसकेको छ ।
यात्रा अन्तर्गत पहिलो शो दमकको सरस्वती निम्नमाध्यमिक विद्यालयमा आयोजना हुनेछ । त्यहाँस्थित ‘थ्रीइन्कभिजन’, जय मिडिया र पुर्वाञ्चल रक्स ले आयोजना गर्ने कार्यक्रम बेलुकी साढे पाँच बजेदेखि सुरु हुनेछ ।
झापामा पहिलो शो सम्पन्न भएपछि नेपथ्य टोली नारायणघाट तर्फ लाग्नेछ । माघे संक्रान्तिकादिन नारायणी नदीको किनारमै बेलुकी छ बजे नेपथ्य कन्सर्ट सुरु हुनेछ । त्यहाँस्थित ‘दाताजइभेन्ट म्यानेजमेन्ट’ले आयोजनाको जिम्मालिएको छ। यसअघि पनि दुइ वर्ष पहिले नेपथ्यले नदीको किनारमै भव्य कन्सर्ट आयोजना गरेको थियो ।
यसरी नारायणीको बलौटे किनारमा नेपाली लोक रक सुनाएपछि ब्याण्डको अर्को प्रस्तुती भैरहवामा हुनेछ।
त्यहाँ स्थित पक्लिहवा हाइस्कुलमा बिहीबार बेलुकी छ बजेदेखि नेपथ्य प्रस्तुती दिने छ ।
‘द्वन्द्वले मुलुकका विद्यालयहरु विथोले पछि हामीले लामो समय सम्म विद्यालयका सहयोगार्थ शान्तिको लागि शिक्षा कार्यक्रम गरेका थियौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यस क्रममा िनरन्तर खतरालाई चिर्दै मोफसलका श्रोता दर्शकहरुसँग जोडिएका हामी अहिले पनि कुनै न कुनै हिसाबले भेट्ने कोशिश गरिरहेकै छौं ।’
यस्तो अवस्थामा नेपथ्यको २५ औं वर्ष मनाइरहँदाको क्षण मुलुकको बाँकीका भागका श्रोताहरुमा पनि समर्पित गर्न पाउँदा आफुलाई खुशी लागेको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण