नेपाल–भारत सम्बन्धलाई ‘बागमती’ले सुमधुर बनाउनेछ : केकी अधिकारी
सोमबार, ०७ मङ्सिर २०७२, ११ : १३
काठमाडौं– पौष २४ गते रिलिज हुने भनेर मिति तय गरेको फिल्म ‘बागमती’ युनिट अहिले प्रचार–प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्रिया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो–आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले ‘बागमती’ फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागि ठुलो उपलब्धी भएको बताईन् ।
साउथ ईण्डियन प्रविधिमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागि पनि महत्वपुर्ण भूमिका खेल्ने आशा केकीको छ । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो फिल्मले दुई देशिय सम्बन्धलाई सुमधुर बनाउनको लागि पक्कै पनि भुमिका खेल्ने विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकीले भनिन् ।
उनले फिल्म निकै उत्कृष्ट बनेको र आफुले अहिलेसम्म खेलेका हरेक फिल्मभन्दा विसुद्ध फरक ‘बागमती’ रहेको भन्दै दर्शकको साथ र समर्थन पाउनेमा आशावादी रहेको बताईन् । सरसफाईको महा–अभियानले बागमती नदी सफा हुँदै गएझैं ‘बागमती’ फिल्मले पनि दर्शकको मैलिएको मनलाई सफा बनाउने उनको तर्क थियो ।
बागमतीमा देखिएला शिव श्रेष्ठको क्रेज ?
त्यस्तै पुराना नायक शिव श्रेष्ठले ‘क्राईसिस’ को समयमा पनि निकै मेहनत र उच्च प्रविधिका साथ बनेको यो फिल्म पूर्ण मनोरञ्जनको खुराक बनेको धारणा राखे । उनले फिल्म अन्तर्राष्ट्रिय स्तरको बनेको भन्दै आफुले अहिलेसम्म खेलेका सबै फिल्मभन्दा फरक बनेको दाबी समेत गरे ।
कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी देखिए । फिल्ममा शिव र केकीसँगै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायत लिड रोलमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण