शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

जहाँ हिउँदमा पनि यात्रुले गाडी तान्न र ठेल्नुुपर्छ

सोमबार, ०७ मङ्सिर २०७२, ११ : २९
सोमबार, ०७ मङ्सिर २०७२
काभ्रे–पानी परेको बेला सडक हिलाम्य भएर गाडी गन्तव्यतर्फ जान गाह्रो हुन्छ । तर, काभ्रेको ग्रामीण भेगमा पर्ने कृषि सडकमा भने हिउँद महिनामा पनि यात्रुले डोरी लागाएर गाडीलाई तान्नुपर्छ । अनि मात्रै यात्रुहरु गन्तव्यतर्फ जान सक्छन् । ठाउँ–ठाउँमा सडक भत्किाएर खाल्डा–खुल्डी पर्ने, ग्राभेल पनि नभएको कच्ची सडकमा गाडी सञ्चालन गर्दा सडक झनै बिग्रिन्छ । हिउँदमा धुलोमाटो र बर्षामा हिलोमाटोसँग लुकामारी खेल्दै यात्रा गर्नुपर्ने काभ्रेको कोसीपारीका वासिन्दाहरुले गुड्दै गरेको गाडी हिलो र खाल्डामा फसेपछि यसरी नै उद्धार गर्न बाध्य हुने गर्छन् । सडक साँघुरो, बढी घुम्ति र मोडहरु हुने भएको कारण आवत/जावत गर्ने क्रममासमेत एक अर्कामा बाटो खुलाउन समस्या खेप्नुपर्ने बाध्यता छ । त्यसो त त्यहाँका सडक खण्डमा हिउँदमा धुलोले दुःख दिने र बर्षातमा हिलोले समस्या पैदा गरिदिने गरेकोमा झन् जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप