शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बलिउड अभिनेता आमिर खान नयाँ समस्यामा

सोमबार, ०७ मङ्सिर २०७२, १६ : २०
सोमबार, ०७ मङ्सिर २०७२
एजेन्सी–बलिउड अभिनेता आमिर खान नयाँ समस्यामा फसेका छन् । शुक्रबार राती उनको कारले बाइकलाई ठक्कर दियो । उनी रायगढबाट पन्चगनी जादैँ थिए । घटनापछि बाइक चलाउँदै गरेका व्यक्ति गम्भिर घाइते भए । उनलाई अस्पताल लैजानुप¥यो । आमिरका ड्राइभरले चलाउँदै थिए कार सञ्चारमाध्यमका अनुसार आमिर खान नभएर उनका ड्राइभरले कार चलाउँदै थिए । घटनापछि पनि आमिर खान सुरक्षित छन् । घटानापछि प्रहरी अधिकृतहरुले उनलाई फोन गरेर यसको जानकारी दिएका थिए । घाइतेको अवस्था बुझ्न अस्पताल पुगे आमिर आमिर खान घाइतेलाई अस्पताल भर्ना गरेपछि उनको अवस्था बुझ्न आफैँ अस्पताल पुगे । पछिल्लो समय हरियाणामा नयाँ चलचित्र दंगलको सुटिङका दौरान आमिर खानको कम्मरमा चोट लागेको थियो । जसका कारण उनी सुटिङ छाडेर मुम्बई फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप