शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

यि हुन् अस्ट्रेलियाकी सेक्सी क्रिकेटर

सोमबार, ०७ मङ्सिर २०७२, १६ : ४६
सोमबार, ०७ मङ्सिर २०७२
एजेन्सी – अस्ट्रेलियाकी प्रमुख महिला क्रिकेटर एलीसा पेरी अहिले निकै चर्चामा छिन् । उनी आफ्नो निजी तथा खेल जीवन दुवैलाई सन्तुलित राख्ने कोसिस गर्छिन् । उनका प्रेमी म्याट रग्बीका खेलाडी हुन् । उनले इंलिस रग्बी क्लब लिसेस्टरसँग तीन वर्षका लागि लिग खेल्ने सम्झौता गरिसकेका छन् । त्यसैले एलिसालाई आफ्नो निजी जीवनमा समय खर्च गर्न र व्यवसायिक क्रिकेटलाई एकसाथ अघि बढाउन थुप्रै चुनौती छन् । उनी वुमन्स नेशनल क्रिकेट लिग खेलिरहेकी छिन् । भर्खरै अस्ट्रेलियाको यस लिगमा उनले शानदार शतक प्रहार गरेकी थिइन् । एलिसाको नाममा छ यस्तो रेकर्ड एलिसा अस्ट्रेलियाकी सबैभन्दा कान्छी क्रिकेटर हुन् । उनले १६ वर्ष ८ महिनाको उमेरमै क्रिकेटमा डेब्यु गरेकी थिइन् । उनीभन्दा कम उमेर भारतमा सचिन तेन्दूलकरले डेब्यु गरेका थिए । सचिनले भारतको राष्ट्रिय टोलीबाट खेल्दा उनको उमेर १६ वर्ष ७ महिना थियो । ग्ल्यामरमा पनि नम्बर वान उनी ग्ल्यामरमा पनि नम्बर वान हुन् । उनलाई अस्ट्रेलियन टोलीकै सबैभन्दा ग्ल्यामरस् क्रिकेटर मानिन्छ । एक स्पोर्टस् साइटले टप १५ वुमन ग्ल्यामरर्स क्रिकेटरको सूचि बनाउँदा उनको नाम पहिलो नम्बर थियो । फुटबलमा पनि उस्तै बेजोड उनी फुटबल पनि राम्रै खेल्छिन् । उनी फुटबल र क्रिकेट दुबै खेलको महिला विश्वकप खेल्ने पहिलो खेलाडी हुन् । उनले सन् २००७ को जुलाईमा इन्टरनेशनल क्रिकेट म्याचमा डेब्यु गरेकी थिइन् । एक महिनापछि उनलाई अस्ट्रेलियाको फुटबल टोलीमा समेत बोलाइयो । सन् २०१० मा उनले फुटबल र क्रिकेटमध्ये एक छनोट गर्नुपर्ने थियो । एलिसाले फुटबल रोजिन् । ब्रान्डिङमा पनि नम्बर वान एलिसाले सन् २०१० मा मिडिया करियर सुरु गर्दै फुटबलको रियालीटी शो चलाएकी थिइन् । सन् २०१३ मा स्पोर्टस् प्रो म्यागेजीनले उनलाई अस्ट्रेलियाको सबैभन्दा मार्केटेबल खेलाडीका रुपमा चुन्यो । उनी त्यतिबेला विश्वकै ३६ औँ उत्कृष्ट मार्केटेबल खेलाडी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप