शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

१२ घण्टा नबित्दै आमा र बहिनीका हत्यारा चाँदीको हँसुलीसहित पक्राउ

सोमबार, ०७ मङ्सिर २०७२, १६ : ५४
सोमबार, ०७ मङ्सिर २०७२
रौतहट–आफनै आमा र बहिनीलाई कोदालो प्रहार गरेर बिभत्स हत्या गरी फरार भएका एक जना अभियुक्तलाई घटनाको १२ घण्टा न बित्दै रौतहट प्रहरीले पक्राउ गर्न सफल भएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जइसवारको नेतृत्वमा गएको टोलीले गएराती ८ बजे अभियुक्त धरमपुर नौ धनहारी टोलका २५ वर्षीय नन्दकिशोर यादवलाई घटनास्थल नजिकैबाट पक्राउ गरेको हो । पक्राउ अभियुक्तको साथबाट मृतक आमाले लगाएको चाँदीको हँसुलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । अभियुक्त यादवले आमा र बहिनीलाई हत्या गरेको स्विकारी सकेको प्रहरी निरीक्षक जइसवारले बताए । आइतवार बिहान घरबाट बदाम खन्न खेतमा गएका यादवले ४५ वर्षीया आमा रामकली देवी र १४ वर्षीया बहिनी अनिता कुमारी यादवमाथि साढे ११ बजे एक्कासी कोदालो प्रहार गरी फरार भएका थिए । टाउको र घाँटीमाथि गरेको कोदालो प्रहारबाट दुबैजनाको घटनास्थलमै मृत्यु भएको थियो । फरार हुने क्रममा अभियुक्त यादवले मृतक रामकली देवीले लगाएको चाँदीको हँसुली निकालेर लगेका थिए । सोधपुछको क्रममा हत्याको कारण खुल्न नसकेको तथा अभियुक्तको मानसिक अवस्था ठिक नभएको प्रहरीले जनाएको छ । प्रहरीस्रोतका अनुसार छठ पर्वमा लगाउन अभियुकत नन्दकिशोर यादवको श्रीमतीले उक्त हँसुली सासुसँग माग गरेकी थिइन । तर, उनले दिनलाई मनाही गरेको कारण हत्या गरेको हुनसक्ने अनुमान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप