पत्रकारले स्वच्छ, निष्पक्ष एवम् जिम्मेवारीजस्ता मूलमन्त्रलाई बिर्सन नहुने
मङ्गलबार, ०८ मङ्सिर २०७२, १० : ०७
महोत्तरी–हालको परिस्थितिमा क्रियाशील पत्रकारहरुले स्वच्छ, निष्पक्ष एवम् जिम्मेवारीजस्ता मूलमन्त्रलाई बिर्सन नहुनेमा प्रेस काउन्सिल नेपालको अनुगमन टोलीले जोड दिएका छन् ।
मधेस आन्दोलनका क्रममा स्थानीय सञ्चार माध्यम र पत्रकारहरुले भोग्नुपरेको समस्या तथा चुनौतीका बारेमा जानकारी लिन सोमबार साँझ महोत्तरी आएका टोलीले पत्रकारसँगको भेटमा यस्तो बताएका हुन् ।
बर्दिवासमा आयोजित भेटघाटमा टोलीका संयोजक चन्द्रदेव कामतीले पत्रकारहरुले हरेक परिस्थितिमा आफ्नो भूमिकालाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिए । अहिले मधेस युद्धस्थलका रुपमा परिणत भएकाले पत्रकारलाई संयमता अपनाउन अनिवार्य रहेको कामतीले बताए ।
विगत लामो समयदेखि जारी रहेको मधेसी मोर्चाको आन्दोलनका कारण सञ्चारकर्मीहरुलाई आर्थिक अभाव हुनुका साथै जिल्लाभरिमा सञ्चालित रेडियोलाई डिजल र जिल्लाबाट प्रकाशित पत्रपत्रिकालाई कागज अभाव भएको सहभागीले बताएका थिए ।
अनुगमन टोलीमा नेपाल पत्रकार महासङ्घका मध्यमाञ्चल संयोजक शीतलप्रसाद साह, सामुदायिक रेडियो प्रसारक सङ्घ ९एको¥याब० का महासचिव गोविन्द देवकोटा, ब्रोडकास्टिङ एसोसिएसन नेपाल (बान) का महासचिव चन्द्र न्यौपानेलगायत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण