सप्तरीमा तनाव, सेनाका दुई जवानसहित ६ घाइते
बुधबार, ०९ मङ्सिर २०७२, १० : २८
सप्तरी–सप्तरीको चित्रागी चोकमा सादा पोशाकमा खटिएका सेनाका जवान र आन्दोलनकारीपक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् । आन्दोलनकारी ४ र सेनाका दुई जवान घाइते भएका हुन् ।
मोटरसाइकलमा पेट्रोल लिएर हिँडेका दुई जवानलाई स्थानीय र आन्दोलनकारीले रोकेपछि तनाव भएको थियो । स्थानीय र आन्दोलनकारीले पेट्रोल पनि नष्ट गरिदिएका थिए । तनाव भएपछि कृष्णदल गण राजविराजबाट गएको एक ट्रक सेनाले स्थानीय गाउँलेलाई कुटपीट गरेको आन्दोलनकारीको दावी छ । उता गण प्रमुख भुवनेश्वर कुमार आर्चायले सामान्य तनावमा आफ्ना दुई जवान घाइते भएको बताए । तस्बिरका घाइते असर्फी मण्डल हुन । स्थानीय सगरमाथा अञ्चल अस्पतालमा उपचार नभएपछि धरान रिफर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण