काठमाडौंका पेट्रोल पम्पमा प्रहरीले छापा मारेपछि पोखराका पम्पवालाहरु मोबाइल स्विच अफ गरेर भागागाग
बुधबार, ०९ मङ्सिर २०७२, १० : ५३
पोखरा– काठमाडौंका पेट्रोल पम्पमा प्रहरीले छापा मारेपछि पोखराका पम्पवालाहरुको भागाभाग भएको छ । प्रति एक लिटर डिजेलमा एक सय एमएल कम इन्धन दिएर सवारी साधनलाई ठग्दै आएका पोखराका पेट्रोल पम्पवाला काठमाडौंको छापापछि ताउर माउर बनेका छन् ।
यसैवीच यहाँका पम्पवालाले मिटर बक्स सच्याउन माग गर्दै गुणस्तर तथा नापतौल कार्यालयमा डेढ दर्जन निवेदन दिएको खुलासा भएको छ ।
गण्डकी र धौलागिरी अञ्चलमा रहेका ५३ वटा पेट्रोल पम्पमध्ये अधिकांश पम्पवालाले गुणस्तर तथा नापतौल कार्यालयका कर्मचारीलाई हप्ता बुझाएर पेट्रोलमा कालोवजारी गरेको खुलासा भएको छ । यद्यपी पेट्रोल पम्पका अध्यक्ष र नापतौलका कर्मचारीहरु मंगलवार साँझदेखि नै मोबाईल स्वीच अफ गरेर बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण